Logo

प्रभु साहले उपेन्द्र यादवसँग हिसाब मागेपछि (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले अहिले देशमा काम गर्नेहरुले दुःखको जीवन जिउनुपरेको र काम चोरहरुले सुखको जीवन जिएको टिप्पणी गरेका छन् । समाज र देशलाई ठग्नेहरु नै अहिले अगाडि बढेको उनको आरोप छ ।

बारा–२ को उपनिर्वाचनको लागि पार्टीका उम्मेदवार अरुण ज्ञवालीको चुनावी घरदैलोमा सहभागी साहले सम्बोधनको क्रममा यस्तो टिप्पणी गरेका हुन् । साहले मधेश प्रदेशमा यसअघिपनि पाँच वर्ष उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारको नेतृत्व गरेको भएपनि सो अवधिमा मधेशको विकास नभएको आरोप लगाए ।

उनले जसपाले गरेको कामको हिसाब पनि मागेका छन् । ६ वर्षमा प्रदेश सरकारमा जनता आवासको लागि साँढे अर्व रुपैयाँ आएको भएपनि मधेश प्रदेशका सबै जिल्लामा अहिलेपनि गरिवहरु खरको झुप्रोमा बस्न बाध्य भएको उनको आरोप छ ।

उनले रौतहटको मौलापुरमा पैसाले भन्दापनि इमानदारिताले विकास गरेको स्मरण गराए । उनले देश र समाज विकासको लागि चोरको हातमा चाबी दिन नहुने पनि धारणा राखे । उनले भाषणअनुसार नेताले काम गरेको भएमात्रै विश्वास गर्न जनतालाई सुझाव दिए ।

https://www.facebook.com/watch?v=1416501692418677



प्रतिक्रिया दिनुहोस्