Logo

भूतप्रेत होस् वा भूतपूर्व राजालाई भनेर पनि पाइन्न : महामन्त्री थापा



काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ, प्रदेश र धेरै स्थानीय तहमा कांग्रेसकै सरकार भएकाले देश विकासमा कसैलाई दोष दिन नपाइने बताएका छन्।

नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले संघ, प्रदेश र धेरै स्थानीय तहमा कांग्रेसकै सरकार भएकाले देश विकासमा कसैलाई दोष दिन नपाइने बताएका हुन्।

उनले भने, ‘पाँच वर्षको अवधि छ। मैले भनिरहेको छु–म नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ। संघमा कांग्रेसका सरकार, प्रदेशमा कांग्रेसको सरकार, ४ सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ। अघि पूर्वप्रधानमन्त्रीले भनेर गइसक्नु भएको छ। त्यो ठीक, बेठीक छौंडौं। तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं। अब कसैलाई दोष दिएर पाइँदैन। अब भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्वराजालाई भनेर पनि पाइन्न। अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाइन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot