Logo

उपनिर्वाचनमा सेना परिचालन गर्न सिफारिस



काठमाडौंं, चैत २९। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरिएको छ ।

मंगलबार सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा मुलुकको अन्तरिक तथा बाह्य सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो । सो बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले बाह्य र आन्तरिक सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा निकायलाई सर्तक रहन निर्देशन र्दिएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी र रक्षासचिव किरणराज शर्मा सहभागी रहेका थिए । आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot