काठमाडौं, चैत २९ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार रूपैयाँले बढेको छ ।
छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेको हो ।