Logo

प्रधानन्यायाधीश नियुक्त गर्न बारले दियो १० दिनको अल्टिमेटम, नत्र आन्दोलन



काठमाडौं, २९ चैत्र । नेपाल बार एशोसिएसनले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन अल्टिमेटम दिएको छ ।

बारले प्रधानन्यायाधीश नियुक्त गर्न यसअघिदेखि नै आवाज उठाउँदै आएको छ ।

आज (बुधबार) पत्रकार सम्मेलन गर्दै एशोसिएशनले अबको डेढ साताभित्र पनि प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्नेसम्मको चेतावनी दिएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्तीको विषय आफूहरुले सुरुवातदेखि नै उठाउँदै आएको उल्लेख गरे ।

उनले आफूहरुले प्रधानमन्त्री, सभामुखलगायतको पटक–पटक ध्यानाकर्षण गराएको भएपनि अहिलेसम्म उक्त आवाज सुनुवाई नभएको गुनासो पोखे ।

उनले न्यायापालिका लामो समयसम्म नेतृत्वविहीन बनाउन नहुने बताए ।

फोटो : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot