Logo

मिटरब्याजी पीडितसँग गृहमन्त्री श्रेष्ठ वार्ता गर्दै



काठमाडौं, २९ चैत्र । मिटरब्याजी पीडितसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता गर्ने भएका छन्।

मन्त्री श्रेष्ठले मिटरब्याजी पीडितसमूहसँग बुधबार साँझ गृहमन्त्रालयमा नै वार्ता गर्ने भएका हुन्।

पीडित समूह र गृहमन्त्रालयको टोलीबीच पटक-पटक वार्ता हुँदापनि निष्कर्षमा पुग्न नसकेपछि गृहमन्त्री श्रेष्ठले नै पीडित समूहलाई वार्तामा बोलाएका हुन्।

पीडित समूह वार्ताका लागि अहिले गृहमन्त्रालय पुगिसकेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot