Logo

भरतपुरको विकास देखेर चिनियाँ राजदूत छन् सङ प्रभावित



काठमाडौं, २९ चैत्र । नेपालका लागि चिनियाँ राजदूत छन् सङले भरतपुर महानगरकी मेयर रेनु दाहालसँग भेटवार्ता गरेका छन् । मेयर दाहालसँगको भेटवार्ताबारे जानकारी दिँदै राजदूत छन् सङले आफू भरतपुरको विकास देखेर प्रभावित भएको स्पष्ट पारेका छन् ।

सो भेटवार्तामा आफूहरुले कृषि, औद्योगिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र गरिवी निवारणको सहकार्यबारे छलफलसमेत गरेको समेत उनको भनाई छ । भरतपुर महानगरको मेयर रेनु प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन् । उनको भरतपुर महानगरमा यो दोस्रो कार्यकाल हो ।



प्रतिक्रिया दिनुहोस्