Logo

शेखरले पनि गरे बालेनको आलोचना



काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबार लगायतका स्थानको फोहोर नउठाउनुलाई अराजकताको संज्ञा दिएका छन् । जिम्मेवार निकायको उक्त व्यवहारको सबैले विरोध गर्न आवश्यक रहेको उनले बताएका छन् । महानगर र सरकार दुवै सच्चिन आवश्यक रहेको पनि उनले बताएका छन् ।

‘कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो । जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नपर्छ। अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुवै सच्चिनु पर्छ,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot