Logo

ट्‍विटर किनेपछि मस्क भन्छन्, ‘मैले अत्याधिक पीडा महसुस गरेको छु’



काठमाडौं, ३० चैत्र । कार निर्माता टेस्ला र रकेट कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्‍विटर किनेका थिए।

ट्‍विटर किनेपछि एक मिडियामा अन्तर्वाता दिँदै उनले ट्‍विटरको बारेमा आफ्नो अनुभव सुनाएका छन्।

ट्‍विटर खरिद गरेकोमा पछुतो छ? भन्ने प्रश्नमा विश्वका दोश्रो भनी व्यक्ति मस्कले भने, ‘मैले अत्याधिक पीडा महसुस गरेको छु। यो कुनै उत्सवजस्तो पक्कैपनि छैन।’

ट्‍विटरमा हालसम्मको आफ्नो समयबारे मस्क भन्छन्, ‘यो त्यति पत्यार लाग्दो छैन तर उतारचढावपूर्ण भने छ’ उनले भने, ‘पछिल्ला केही महिनाहरु तनावपूर्ण रह्यो। यद्यपि ट्‍विटर किन्ने आफ्नो निर्णय अझैपनि आफूलाई सही लाग्छ।’

सन् २०२२ को सुरुवातमा उनले ट्‍विटरमा आफ्नो केही अंश कायम गरे र त्यसपछि उक्त एप किन्ने प्रस्ताव अघि सारेका थिए।

तर, पछि सम्झौताबाट पन्छन खोजेको भन्दै ट्‍विटरले उनीविरुद्ध मुद्दा दायर गरको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot