Logo

वैकल्पिक राजनीति दल पनि ‘उस्तै’



काठमाडौं, बैशाख १। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनु करिब ६ महिनाअघि मात्र खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो अवधिमै प्रतिनिधिसभामा २० सिट हासिल ग¥यो ।

निर्वाचन सकिएको पाँच महिनामै पार्टीको सांसद संख्या भने १८ मा झरेको छ । यसरी सिट घट्नुको मुख्य कारण पार्टी सभापति रवि लामिछानेले नेपालको कानुनको सामान्य प्रक्रियासमेत पूरा नगर्नु हो । उनले अमेरिकाबाट फर्कंदा नयाँ नागरिकता प्राप्तिका लागि गर्नुपर्ने सामान्य प्रक्रिया पूरा नगरेपछि सर्वोच्च अदालतले उनको नागरिकतालाई वैध गरेन, त्यससँगै उनकै सांसद पद गुम्यो ।

रास्वपाकै सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न अध्यक्षलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै पैसाको डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेको छ । कारबाहीपछि उनको पद गुम्न पुग्यो भने रास्वपाको सिट संख्या हालका लागि १८ मा झरेको छ ।

वैकल्पिक राजनीतिका रूपमा उदाएको रास्वपा खुलेको पाँच महिनामा जसरी राष्ट्रिय दलसहित चौथो स्थानमा आयो त्यसैगरी पाँच महिनाकै दौरानमा एकपछि अर्को विवादले पार्टी मात्र होइन नयाँ शक्तिका रूपमा उदाएका दल र वैकल्पिक राजनीति गर्नेहरू नै बदनाम बनिरहेका छन् ।

रास्वपा सरकारका सहभागी हुँदा पनि लामिछाने विवादरहित बनेनन् । नागरिकताको विषयमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेकै बेला उनले अड्डी कसेरै गृह मन्त्रालयमा हात पारेका थिए । अवैध बालुवा खानी बन्द गरेर पुनः खुलाएपछि आर्थिक लेनदेनको विषय जोडिएको भन्दै सभापति लामिछानेको आलोचना हुने गरेको छ । पछिल्लोपटक खरिद ऐन र नियमावलीविपरीत राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिएको खुलेको छ ।

पुराना राजनीतिक दलको विकल्पसहित गठित नयाँ राजनीतिक दलमध्ये अर्को पार्टी हो, नयाँ शक्ति नेपाल । डा। बाबुराम भट्टराईले एनेकपा माओवादी केन्द्र विभाजन गरेर तामझामसहित खोलेको नयाँ शक्तिको अहिले नाम निशानामा समेत छैन । संयोजक भट्टराई जनता समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीमा पुगेका छन् । उनी पुनः पार्टी ध्रुवीकरण र एकीकरणको पक्षमा देखिएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्