Logo

नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित



काठमाडौं,१ वैशाख । नेपाली कांग्रेस निकट शिक्षकहरुको भातृ संगठन नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।

गिरी अध्यक्षका अर्का उम्मेदवार गोकर्णबहादुर बानियाँलाई पराजित गर्दे अध्यक्षयमा निर्वाचित भएका हुन् ।
कुल ६०७ मत खसेकोमा गिरीले ३०५ मत प्राप्त गरी विजयी बन्दा बानियाँले २९८ मत मात्रै प्राप्त गरे ।
अध्यक्षमा निर्वाचित गिरी नेपाली कांग्रेसको शेखर – गगन समुह निकटका शिक्षक नेता हुन् ।

प्रदेशतर्फ उपाध्यक्षमा कोशी प्रदेशतर्फ वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ उपाध्यक्षमा छोटेलालप्रसाद तेली शाह, बागमती उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।

महासचिव ज्ञानेन्द्रबहादुर रावल, महासचिव (अर्थ)मा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव (महिला)मा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot