Logo

पत्रकार पौडेल जनसेवा श्री पदकबाट सम्मानित



काठमाडौं, १ बैशाख । नागरिककर्मी दिलीप पौडेल पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।

राष्ट्रपति कार्यालयमा आज (शुक्रबार) आयोजना गरिएको सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार पौडेललाई पदक तथा विभूषण पत्र प्रदान गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र विभूषण समितिका अध्यक्ष तथा रक्षामन्त्री पुर्णबहादुर खड्काद्वारा हस्ताक्षरित विभूषण अधिकार पत्रले सम्मान गरिएको गरिएको हो।

राष्ट्रपतिले २०७९ सालको संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा पत्रकार पौडेललाई विभूषण प्रदान गर्ने घोषणा गरेका थिए। सम्मानित भएका पौडेल नेपाल प्रेस युनियनका महासचिव समेत हुन् । उनी विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन्।



प्रतिक्रिया दिनुहोस्