Logo

‘भियतनाममा विवाह गरेका स्वर्णिम वाग्लेले तनहुँसँग नाता-सम्बन्ध छ भन्ने ?’



काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले पार्टी सभापति शेरबहादुर देउवाले छिटोभन्दा छिटो आन्तरिक सन्तुलन मिलाएर सरकारमा बाँकी मन्त्री पठाउनुपर्ने बताएका छन् ।
‘नेपाली कांग्रेस भनेको समुद्र जस्तो विशाल पार्टी हो । यसभित्र मुद्दाका आधारमा सहमति-असहमति, पक्ष-विपक्ष हुनुु स्वाभाविक हो । हिजो शेरबहादुर देउवाले पनि ६०-४० को मुद्दा उठाउनुभएको हा । आज उहाँले त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । पार्टीमा थप विवाद हुन नदिईकन आन्तरिक सन्तुलन मिलाएर जानुपर्छ । छिटोभन्दा छिटो बाँकी मन्त्री पठाउनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै रसाइलीले भने ।
नयाँ दलले नेपाली कांग्रेसजस्तो लामो इतिहास भएको पार्टीलाई चुनौती दिन नसक्ने पनि उनले औंल्याए । रसाइलीले भने, ‘बर्खामा पलाएका खहरे हिउँदमा सुकिहाल्छन् नि । हिजो अस्ति जन्मेका ऐंजेरुजस्ता पार्टीले कांग्रेसलाई चुनौती दिन मिल्छ र ? कांग्रेसका सामुन्ने राणा, राजा त टिकेनन् भने स्वतन्त्र पार्टी के हो र ? उहाँहरुको हैसियत बनाउन बाँकी नै छ ।’
रसाइलीले तनहुँ र चितवनमा कांग्रेसले नै जित्ने ठोकुवा गरे । बारामा पनि गठबन्धनका उम्मेदवारले नै जित्ने उनको दाबी छ । उनले भने, ‘स्वर्णिम वाग्ले र रवि लामिछानेसँग कांग्रेसको प्रतिस्पर्धा नै छैन । रविका निम्ति पटकपटक परीक्षण गर्ने पक्षमा छैनन् जनता । स्वर्णिमको तनहुँसँग कुनै नातासम्बन्ध छैन । विवाह भियतनाममा गर्ने, अनि तनहुँमा नाता छ भन्ने ?’ प्रदेश र केन्द्रीय सरकार जनतालाई राहत दिने काममा तत्काल लाग्नुपर्ने गर्नुपर्ने उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot