Logo

मिटरब्याजपीडितले मार्चपाससहित धर्ना दिने



काठमाडौं, वैशाख २ । महोत्तरीबाट न्याय र संघर्षका लागि काठमाडौं आएका मिटरब्याज पीडितले आन मार्चपाससहित धर्ना दिने भएका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले आज दिउँसो साढे १२ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेका हुन् ।

सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, कीर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौं केन्द्रित संघर्ष गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot