Logo

जिब्रो छेड्ने जात्रा अहिले दिउँसो १२ बजेदेखि



काठमाडौं, वैशाख २ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेमा प्रत्येक वर्ष वैशाख २ मा हुने जिब्रो छेड्ने जात्रा यो वर्ष आज दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ। थिमि नगरपालिका र मध्यपुर पर्यटन विकास समितिले संयुक्त रूपमा सार्वजनिक गरेको जात्रा तालिकाअनुसार जिब्रो छेड्ने जात्रा दिउँसो १२ बजेबाट सुरु हुने छ।

यसअघि बिहान ८ बजे मध्यपुर थिमिकै बालकुमारीमा सुथसिया जात्रा (बिहानको जात्रा) भएको छ । यो जात्रा अन्तर्गत अबिर जात्रा हुन्छ। साथै सुथसिया जात्राअन्तर्गत नै बिहान ८ बजेदेखि नै थिमिकै नगदेशमा सिद्धिगणेश जात्रा, लोकन्थलीमा सिद्धिकाली जात्रा भएको छ । साथसाथै अहिले बिहान ११ बजेदेखि तिगनीमा नीलबाराही जात्रा हुने छ।

यी सबै जात्रापछि जिब्रो छेड्ने जात्रा हुने तालिका छ। यो वर्ष नयाँ युवाले जिब्रो छेडाउने छन्। मध्यपुर थिमि नगरपालिका(८ बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाउने भएका हुन्। यसअघि सुजनकै बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot