Logo

रास्वपाको निर्णयमाथि अध्ययन गर्दै संसद् सचिवालय



काठमाडौं, २ बैशाख । संघीय संसद् सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को निर्णयमाथि अध्ययन गरिरहेको बताएको छ।

संसद् सचिवालयले रास्वपाले निर्णय गरेको आफ्ना समानुपाति सांसद् ढाकाकुमार श्रेष्ठलाई समानुपातिक सांसद्‍बाट कारवाही गर्दै हटाउने निर्णयको अध्ययन गरिरहेको जनाएको हो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्था अनुसार रास्वपाले श्रेष्ठलाई हटाउने गरेको निर्णय कानूनसम्वत छ कि छैन भनेर अध्ययन गरिरहेको हो।

सचिवालयका अनुसार भोलि(आइतबार)सम्म सचिवालयले अध्ययन गरेर त्यसको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई दिने तयारी गरेको छ। घिमिरेले प्रतिवेदन अध्ययन गर्दै सो बारे निर्णय गर्नेछन्।

श्रेष्ठले मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो सार्वजनिक भएको थियो। सोही विषयमा रास्वपाले श्रेष्ठलाई चैत्र ३० गते सांसद् र पार्टी साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस्