Logo

सर्लाहीका पालिकाहरूको बेरूजु रकम १ अर्ब २८ करोड २८ लाखमाथी



बखतियार अलि
सर्लाही, वैशाख ३ । आर्थिक बर्ष २०७८र७९ को लेखापरीक्षण प्रतीवेदन अनुसार एक आर्थिक बर्षमा मात्र सर्लाहीका पालिकाहरूको बेरूजु रकम १ अर्ब २८ करोड २८ लाख ५८ हजार रहेको छ । जस मध्ये बिष्णु गाउँपालिकाको बेरूजु रकम सब भनदा कम रहेको छ, भने बरहथवा नगरपालिकाको बेरूजु रकम सबै भनदा बढि रहेको लेखापरीक्षण प्रतीवेदनमा उल्लेख गरेको छ ।

सर्लाहीमा रहेका २० वटा पालिका मध्ये बिष्णु गाउँपालिकाको बेरूजु रकम २ करोड ४४ लाख ६ हजार बेरुजु छ । त्यस्तैगरी, लालबन्दी नगरपालिकाको रकम २ करोड ७० लाख ८३ हजार, गोडैता नगरपालिकाको बेरूजु रकम १० करोड २ लाख २३ हजार, हरिपुर नगरपालिकाको बेरूजु रकम ९ करोड ४८ लाख ९ हजार, धनकौल गाउँपालिकाको ४ करोड ७२ लाख ९७ हजार बेरूजु छ ।

ब्रहमपुरी गाउँपालिकाको जम्मा बेरूजु २ करोड ६३ लाख २० हजार, बलरा नगरपालिका को बेरूजु रकम ६ करोड ७२ लाख ४८ हजार छ, भने ईश्वरपुर नगरपालिकाको बेरूजु रकम ४ करोड ५२ लाख ५४ हजार, बरहथवा नगरपालिकाको बेरूजु १५ करोड ६९ लाख १७ हजार, कविलासी नगरपालिकाको बेरूजु पनि ६ करोड ७८ लाख ४७ हजार बेरूजु रहेको छ ।

त्यस्तै, बसवरिया गाउँपालिकाको ७ करोड ६० लाख २० हजार, चन्द्रनगर गाउँपालिकाको बेरूजु रकम पनि ५ करोड ७५ लाख ६९ हजार छ, भने रामनगर गाउँपालिकाको बेरूजु रकम ९ करोड १४ लाख ६९ हजार बेरूजु छ । तेस्तै, हरिवन नगरपालिकाको ३ करोड ८३ लाख ९६ हजार, चक्रघटा गाउँपालिकाको बेरूजु रकम ६ करोड २६ लाख ५६ हजार बेरूजु पुगेको छ ।

सर्लाहीको सब भनदा पुरानो नगरपालिका मलंगवा नगरपालिकाको १२ करोड ६९ लाख ८७ हजार, पर्सा गाउँपालिकाको बेरूजु रकम ९ करोड २१ लाख ७३ हजार, हरिपुर्बा नगरपालिकाको बेरूजु रकम ४ करोड ८८ लाख ६६ हजार, बागमती नगरपालिकामा बेरूजु रकम ५ करोड ५४ लाख ६५ हजार, गाउँपालिकाको ५ करोड ९३ लाख ७३ हजार बेरूजु पुगेको महालेखापरीक्षण प्रतीवेदनमा उल्लेख छ ।

एक आर्थिक बर्षमा मात्र १ अर्ब २८ करोड २८ लाख र ५८ हजार बेरूजु देखिनु चिन्ताको बिषय रहेको नागरिक अभियन्ता सरोज रायले बताए ।



प्रतिक्रिया दिनुहोस्