Logo

काठमाडौं बन्यो विश्वकै प्रदुषित शहर



काठमाडौं,३ वैशाख । काठमाडौं आज विश्वकै सबैभन्दा प्रदुषित शहर बनेको छ ।

हावाको प्रदुषण मापन गर्ने एयर भेजुअल सूचक आईक्यू एयरले आज काठमाडौंलाई सबैभन्दा प्रदुषित शहरको सूचिमा राखेको हो ।

विगत केही दिनदेखि देशभरी लगातार रुपमा बढेको डडेलोको कारण वायु प्रदुषणको मात्रा तिब्र हुँदा यसको प्रत्यक्ष असर काठमाडौं लगायतका शहरमा परेको छ ।

अहिले काठमाडौंको एक्युआई १५० भन्दा धेरै पुगेको छ ।

सबैभन्दा बढी प्रदुषण भएको शहरको दोस्रो स्थानमा थाईल्याण्डको च्याङमाई शहर र तेस्रो स्थानमा भारतको कोलकत्ता शहर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot