Logo

चितवनबाट गोकुल बाँस्कोटाको गर्जन : एमालेको पक्षमा ह्विम आएको छ (भिडिओसहित)



काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले देशव्यापी रुपमा अहिले एमालेको पक्षमा ह्विम आएको दाबी गरेका छन् । चितवन–२ मा बैशाख १० गते हुने उपनिर्वाचनमा पनि एमालेको पक्षमा नतिजा आउने उनको दाबी छ ।

उनले ग्राउण्ड रियालिटीको कुरा गर्दा एमालेको पक्षमा ह्विम रहेको जिकिर गरे । उपनिर्वाचनको लागि चितवनमा खटिएका बाँस्कोटाले स्थानीय मिडियासँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् । उनले भने,‘अहिले एमालेको पक्षमा ह्विम आएको छ । देशभक्तिको पक्षमा ह्विम आएको छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले गत वर्षको मंसिरमा सम्पन्न निर्वाचनमा १२ लाख मत ल्याएकोबारे सोधिएको प्रश्नमा पनि कडा टिप्पणी गरे । उनले भने,‘एकचोटी आयो, नानीमैयाँ दाहाल पनि आयो, माओवादी पनि एकचोटी १२१ आयो नि, हामीलाई यहाँको धर्तीबाट यो आत्मविश्वास आएको हो ।’

उनले नेपालमा रवि लामिछानेहरुको विचार पुँजीवादी विचार भएको टिप्प्णी गरे । उनले लामिछानेहरु नो नट एगेन भन्नेहरु भएको र अहिले ट्राई इट एगेन भन्दै किन आएको भन्दै प्रश्न गरे । Video Source: Facebook/ अविनाश नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot