Logo

स्ववियु निर्वाचन -अमृत साइन्स क्याम्पसमा मतदान जारी



काठमाडौं,३ वैशाख । काठमाडौंको अमृत साइन्स(अस्कल क्याम्पस)क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भईरहेको छ ।

यसअघि चार पटकसम्म रोकिएको निर्वाचनमा अहिले भने मतदान जारी रहेको छ ।

निर्वाचनमा सभापति पदमा चार जना उम्मेदवार रहेका छन् । संयुक्त गठवन्धनको तर्फबाट अखिल क्रान्तिकारीका प्रेम जैशी,अनेरास्ववियुका कमलराज जोशी,स्वतन्त्रबाट लक्ष्मण सिं धामी र मनिष बोहरा उम्मेदवार रहेका छन् ।

अमृत साइन्समा झण्डै दुई हजार विद्यार्थी अध्यनरत रहेका छन् ।

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले जितेको यस क्याम्पसमा अहिले त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot