Logo

ओलीलाई भाईरल ज्वरो, एन्टिबायोटिक औषधि खाएर निवासमै आराम



काठमाडौं, ३ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनी भाइरल ज्वरोबाट ग्रसित भएका हुन् । अहिले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको ओलीले जनाएका छन् । उनले तनहुँ, चितवन र बारामा हुने उपनिर्वाचनमा सहभागी हुने इच्छा हुँदाहुँदै पनि सहभागी हुन नपाउने बताएका छन् । उनले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन् ।

सबैलाई नमस्कार !

भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो ।

तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ ।

उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु । तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot