Logo

विदेशमा ठगेपछि लखेटिएर नेपाल आएर उम्मेदवार बनेकालाई मतदान गर्न हुँदैनः विद्वान गुरुङ



काठमाडौं, ३ वैशाख । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विदेशमा ठगेपछि लखेटिएर नेपाल आएर पार्टी खोल्दै उम्मेदवार बनेकालाई आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा मतदान गर्न नहुने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै अमेरिकामा रहँदा जताततै ठगि गरेको र त्यहाँबाट लखेटिपछि नेपाल आएर राजनीति सुरु गरेकालाई चितवनवासीले मतदान गरे नेपालमा उपद्रो मच्चाएर फेरी उतै भाग्ने बताए ।

चितवनमा आइताबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष गुरुङले नेपाल ठग्न आएका पाहुँना उउम्मेदवारलाई फेरी चितवनवासीले मतदान गरे त्यो यस क्षेत्रको दुर्भाग्य हुने बताए । उनले भने,‘ अहिले रवि लामिछाने दोस्रो पटक यो क्षेत्रमा चुनाव लड्न आएका छन् । उनी पहिलो चुनावमा नेपाली नागरिक समेत थिएनन् । उनी अझै पासपोर्ट काण्डमा विवादित छन् । उनले अमेरिकामा अनेक तरहको ठगी गरेका कारण त्यहाँ बस्न नसकेर नेपाल भागेका हुन् । अब पनि चुनाव जिते भने नेपाल ठगेर विदेश भाग्छन् । उनी नेपालमा ठगी गर्न आउका हुन् । दिगो राजनीति गर्न होइन ।’

अध्यक्ष गुरुङले रबि लामिछने चितवनको एक दुई दिनको पाउना मात्रै भएको बताए । उनले चितवन क्षेत्र नम्बर २ का बासिन्दालाई नेपाल ठग्ने मनसायले आएकालाई मतदान नगर्न आग्रह गरे । कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउन आग्रह गर्दै उनले भने, ‘हामीले हाम्रो क्षेत्रको उम्मेद्वारलाई जिताउनु पर्छ । अमेरिकादेखि नेपालसम्म काडैकाण्ड मच्चाएर आएका उम्मेदवार जिताएर पठाए भोलीका दिनमा उनले सत्ताका लागी जेपनि गर्छन । यस क्षेत्रबाट रविलाई हराएर श्रेष्ठ अनिवार्य नजिताए यो क्षेत्रका जनताले पछुताउनुपर्छ । यस्तो एतिहासिक भुल चितवनका जनताले गर्नुहुँदैन् । रवि प्रति भरोसा गर्दा चितवनले दिर्घकालिन समस्या निम्त्याउनेछ ।’

उनले रविन्द्र मिश्र र रवि लामिछाने राम्रो नियत बोकेर नेपालमा राजनीति गर्न नआएको बताए । विगतमा जनता उनीहरुको भुलभुलैयामा लाग्ने समस्या आएको बताए । मतदान गर्नु हरेक नेपालीको नैसर्गिक अधिकार भएपनि यसमा स्वविवेक नपुर्याउँदा इतिहासमा धेरै ठुला घटनाहरु भएको बताए । गुरुङले कांग्रेसका उम्मदवार श्रेष्ठलाई निर्वाचित गराउन क्रिायशील भएर लाग्न तरुणदलका नेता तथा कार्यकर्ताहरुलाई निर्देश दिए । उनले भने, ‘अब अमेरिका ठगेर नेपाल ठग्न आएकालाई हैन चितवनमा बसेर यहिका जनतासँग हुर्किएका उम्मेदवारलाई मत दिएर जिताउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot