काठमाडौं, वैशाख ४ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान गण्डकी र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी प्रदेशहरुका केही स्थानमा मेघगर्हन र चटयाङसहित हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने छ। त्यस्तै, देशका गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । त्यस्तै, काठमाडौं उपत्यका लगायत देशका अधिकांश भू-भागमा तुवाँलोको सम्भावना रहेको छ ।
सोमबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेभएकाे छ । त्यस्तै, बाँकी भू-भागको मौस भने सामान्यतया सफा हुने महाशाखाले जनाएकाे छ ।