Logo

प्रधानमन्त्री प्रचण्डसहित तीन दलका शीर्ष नेताहरु बालकोटमा



काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताहरु बालकोटमा पुगेका छन् । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच टिआरसी विधेयकका बारेमा छलफल भइरहेको छ ।

संसद्मा टिआरसी विधेयक विचाराधीन अवस्थामा छ । प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनका दलले टिआरसी विधेयकलाई फास्ट ट्रयाकमार्फत टुंग्याउन चाहेपनि एमालेले समिति बनाएर दफाबार छलफल हुनुपर्ने अडान कायमै राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot