Logo

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, वैशाख ४ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा तेह्रौं अधिवेशनको १७ औँ बैठक बस्ने संघीय संसदका महासचिव डा भरतराज गौतम जनाएका छन् ।

सोमबारको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, ०७६र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सम्माननीय अध्यक्षले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्ततु गर्नु हुने महासचिव गौतमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot