Logo

किसानको छोरी नन्दिनीले हात पारिन मिस इन्डियाको ताज



एजेन्सी । मिस इन्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले हात पारेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार गत शनिबार राति मणिपुरको इम्फालमा आयोजित मिस इन्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इन्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज पहिराएकी थिइन् । अब नन्दिनी मिस वर्ल्ड–२०२३ मा भारतको प्रतिनिधित्व गर्ने भएकी छन् ।

व्यवसाय व्यवस्थापन संकायबाट स्नातक तह दोस्रो वर्षमा अध्ययनरत नन्दिनी एक किसान परिवारमा जन्मिएकी हुन् । उनका बुबा सुमित गुप्ता कोटाको सांगोड नजिकैको भण्डहेडामा खेतीपातीको काम गर्दै आएका छन् । नन्दिनीकी आमा गृहिणी हुन् । १९ वर्षको उमेरमा मिस इन्डिया बनेकी नन्दिनीको परिवार कोटाको पुरानो सब्जी मण्डी क्षेत्रमा बसोबास गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot