Logo

बारा–२ मा आजपाका उम्मेदवार ज्ञवालीको घरदैलोमा अध्यक्ष साह र उपाध्यक्ष न्यौपाने खटिए (फोटोफिचर)



काठमाडौं, ४ बैशाख । यही बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा आम जनता पार्टीले आफ्नो उम्मेदवार अरुण ज्ञवालीलाई जिताउने अठोट लिएको छ । पार्टीले सम्पूर्ण शक्ति सो क्षेत्रको निर्वाचनको लागि खर्चिएको छ । अध्यक्ष प्रभु साह नै यतिवेला बारामा केन्द्रित भएका छन् ।

एमाले छोडेर मंसिरको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका प्रभु साह यतिवेला आजपा खोलेर सक्रिय छन् । बारा–२ को उपनिर्वाचनलाई साहले प्रतिष्ठाको लडाईं बनाएका छन् । सो क्षेत्रमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

रास्वपाबाट रमेश खरेल चुनावी मैदानमा छन् भने जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा छन् । उपेन्द्रलाई हराउनको लागि प्रभुदेखि सिके राउतसम्म सक्रिय भएर लागेका छन् । यादवलाई भने सत्ता गठबन्धनमा आवद्ध दलहरुको समर्थन छ ।

प्रभु साह यतिवेला बारामै केन्द्रित छन् । उनीसँगै पार्टीका उपाध्यक्ष बद्रि न्यौपानेपनि चुनावी अभियानमा खटिएका छन् । अहिले आजपाका उम्मेद्वार ज्ञवालीको पक्षमा जनलहर देखिएको छ । मंसिरको निर्वाचनमा ज्ञवालीले स्वतन्त्रबाट चुनाव लडेर झण्डै ८ हजार मत ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot