Logo

रवितर्फ संकेत गर्दै गगनले भने, ‘गत ५ महिनामा तपाईंले अब मान्छे चिन्नुभएको छ’



काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संकेत गर्दै चितवनका जनताले गत पाँच महिनाको अवधिमा मान्छे चिनिसकेको बताएका छन्।

चितवनको कालिका नगरपालिकामा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले रास्वपाका सभापति रविलाई संकेत गर्दै चितवनका जनताले गत पाँच महिनाको अवधिमा मान्छे चिनिसकेको बताएका हुन्

उनले भने, ‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंले अब मान्छे चिन्नुभएको छ। तपाईंहरूले हिजो के गर्नुभयो, के कारणले गर्दा गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर म नेपाली कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु। पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान्। यथोचित समयमा बसेर छलफल गरौंला तर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट छैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot