काठमाडौं, ३० बैशाख । मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) पनि सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्र बाहिरिएलगत्तै केन्द्रको निर्देशनमा सरकारबाट एमालेपनि बाहिरिएको हो ।
सरकारमा सहभागी एमालेका मन्त्रीहरुले केहीबेर अघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेरै राजीनामा बुझाएका हुन् । सरकारमा एमालेबाट चार जना मन्त्री र दुई राज्यमन्त्री सहभागी थिए ।
सरकारमा एमालेका संसदीय दलकै नेता सरोज यादव सहभागी थिए । उनी भौतिक पूर्वाधार तथा विकासमन्त्रीको जिम्मेवारीमा थिए ।
यस्तै, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। सरकारबाट बाहिरिएका उनीहरुले आजै सरकारलाई दिएको समर्थपनि फिर्ता लिने भएका छन्। file photo