Logo

महामन्त्री गगन भन्छन्, ‘ब्यासको भूमिमा गोविन्द भट्टराईलाई भोट दिनुभएन भने पाप लाग्छ’



काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँ-१ मा कांग्रेसका उम्मेद्‍वार डा गोविन्दराज भट्टराईलाई भोट नदिए पाप लाग्ने आरोप लगाएका छन्।

मंगलबार दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसका उम्मेद्‍वार भट्टराईलाई भोट नदिए पाप लाग्ने आरोप लगाएका हुन्।

उनले भने, ‘ब्यासको भूमि हो यो। ब्यासको यो पवित्र भूमिमा बीपी कोइरालाले बनाएको पार्टीसँग सम्बन्ध राख्ने मान्छेले यो पटकको निर्वाचनमा गोविन्द भट्टराईलाई छुटाउनु भयो भने। यसको रिसले, त्यसको रिसले म हाल्दैन भन्नुभयो भने, म नयाँ रोज्छु, यो रोज्छु, त्यो रोज्छु भन्नुभयो भने अन्यथा नलिनुहोला पाप लाग्छ। हरि छन् पाप लाग्छ।’



प्रतिक्रिया दिनुहोस्