Logo

मालवाहक सवारीको तौल अब जोखिने



काभ्रेपलाञ्चोक, वैशाख ६ । सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रयासमा व्यवसायी भने बाधक बनेका छन्।

काठमाडौं उपत्यकामा भित्रिने निर्माण सामग्रीको ठूलो हिस्सा ढुवानी गर्ने काभ्रेपलाञ्चोक जिल्लामा टिप्परको अत्यधिक भारवहनका कारण अरनिको, बीपी राजमार्ग तथा हेलम्बु र बनेपा–पनौती सडकखण्ड जीर्ण भएपछि प्रशासनले वैशाख ७ ्(बिहीबार)देखि मालवाहक सवारीसाधनको भारवहन क्षमता जाँच्ने निर्णय गरेको हो।

जिल्लाबाट बाहिर जाने मालवाहक सवारीसाधनले पाँचखाल, पनौती र भकुण्डेबेँसीमा रहेका तौलपुलमा भारको तौल गरी लोड सिट लिनुपर्ने निर्णय गरिएको छ। सोमबार प्रशासन, प्रहरी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि सम्मिलित बैठकले वैशाख ७ गते बिहान १० बजेदेखि मालवाहक सवारीले भारवहन जाँच अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो। जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले भने, “जनताको गुनासो र स्थलगत अनुगमनपछि टिप्परको भार जाँच्नुपर्ने अनिवार्य देखिएकाले यो निर्णय गरेका हौँ।”

प्रशासनको निर्णयपछि मङ्गलबार सात सय टिप्पर सदस्य रहेको (बागमती टिप्पर व्यवसायी सङ्घ)को आकस्मिक बैठकले भारवहन क्षमता जाँच्न नदिने निर्णय गरेको छ। सङ्घका अध्यक्ष सुरेश खत्रीले टिप्परको स्वीकृति घनमिटरमा आधारित भएकाले प्रशासनको निर्णय मान्न बाध्य नहुने जिकिर गरे तर प्रशासनले भने सवारीसाधनको निश्चित भारवहन क्षमता हुने भएकाले टिप्परको भारवहन अनिवार्य नापिने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले वैशाख ७ देखि मालवाहक सवारीसाधनले अनिवार्य रूपमा भारवहन क्षमता जाँच गराएर लोड सिट लिनुपर्ने निर्णय गरेको आजको गोरखाप दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot