Logo

कांग्रेसद्वारा उपनिर्वाचन हुने तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा



काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज विज्ञप्तिमार्फत बागी बनेर स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बाराका पार्टीका सम्पूर्ण सदस्यको अनुशासनको कारबाही आजैका मितिदेखि लागू हुने गरी फुकुवा गरेको जनाएको हो।

पार्टी अनुशासनको कारबाही फुकुवा भएका तनहुँ, चितवन र बाराका सम्पूर्ण नेता कार्यकर्तालाई यही वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ का पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहनसमेत समितिले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot