Logo

उपनिर्वाचन : सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने



काठमाण्डौं, वैशाख ६ । यहि आइतबार हुने उपनिर्वाचनमा सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मतदाताको परिचयपत्र हराए वा नासिएको अवस्थामा सरकारी परिचय पत्रका आधारमा पनि मतदान गर्न सकिने जनाएको छ ।

आयोगले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएकोरनासिएको अवस्था भए परिचयपत्रको आधारमा मतदान गर्न सक्नेछन्

आईतबार बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot