Logo

चितवनको विकास र समृद्धिका लागि जितनारणको जित आवश्यकः नेता सिंह



चितवन, वैशाख ६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको उपचिर्वाचनमा प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवालमा केन्द्रित रहेको बताएका छन् । आज चितवनको चुनावी कार्यक्रममा सहभागि हुँदै नेता सिंहले गठबन्धनका साझा उमेदवारको जितभनेको लोकतत्रबादिको जित हुने बताए ।

जनताले आबेगमा नभई बिबेकले मतदान गर्ने मा आफू बिश्विस्त रहेको भन्दै उनले सधै सुखदुखमा उभिने, सबैको घर आगनमा सजिलै भेटिने उमेदवारका पक्षमा मतदान गर्नु भनेको राजनीति प्रतिको सम्मानसमेत हुने बताए ।

नेतासिंहले गठबन्धनको साझा उमेदवार जितनायण श्रेष्ठ सबैका लागि सर्बस्विकार्य उमेदवार रहेको बताउदै चितवनको बिकास र समृद्विका लागि यस पटक जितनारणलाई जिताउन अपिलसमेत गरे। अहिले संविधान र ब्यवस्था प्रति समेत प्रस्न चिन्ह खडा भयकाले काम गरेर जनतालाई चित्बुझाउनु पर्ने जिम्मेवारी राजनीतिक दलहरु कै भयकाले जिम्मेवार राजनीति दल प्रति बिस्वास गर्न समेत सिंहले आग्रह गरे ।

निरासाबीच आसा जगाउदै जनजिवन सहज होस भन्ने जन चाहान पूरा गर्न सरकार लाग्नु पर्ने समेत नेता सिंहको भनाई छ । नेता सिंहले राजनीति सजिलो बिषय नभयको बताउँदै पहिले के भयो? कसो भयो भन्ने बिर्सेर राजनीतिक सुझबुझ मार्फत परिपक्व गठबन्धनका साझा उमेदवारका पक्क्षमा मत मागे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्ने नभई चितवनका जनताका माझमा परिचित उमेदवार लाई जिताउन आग्रह गरे । कार्यक्रममा बोल्दै गठबन्धनका साझा उमेदवार जितनारण श्रेष्ठ आफू जनताको सुखदुःखमा सधै रहने भन्दै भ्रष्टाचारका बिरुदमा लड्ने प्रतिबद्धता ब्यकत गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot