Logo

आजको मौसमः तराईमा हावाहुरी, पाँच प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं, वैशाख ७ । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावन रहेको छ।

आज राती भने मधेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot