Logo

नेपाल–भारत महिला मैत्री समाजद्वारा निःशुल्क ग्यास चुल्हो बितरण (फोटोफिचर)



बखतियार अलि 
सर्लाही, वैशाख ६ । नेपाल–भारत महिला मैत्री समाज काठमाडौले सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयहरुलाई निःशुल्क एल.पि.जी. ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरेको छ । नेपाल–भारत महिला मैत्री समाज काठमाडौले बुधबार भारत सरकारको सहयोगमा गाउँपालिकाका अति-बिपन्न ,गरिब दलित गरि ५०० घर-घुरीलाई निशुल्क एल.पि. ग्यास सिलिन्डर र चुल्हो सेट बितरण गरेको हो।

 

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल.पी. ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल-भारत महिला मैत्री समाज काठमाडौकी अध्यक्ष चन्दा चौधरीले बताइन् ।

नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक संसद समेत रहेकि अध्यक्ष चौधरीले ग्यास सिलिन्डर वितरणबाट दलित तथा विपन्न परिवार लाभान्वित हुने बिश्वास ब्यक्त गर्दै माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला दिदिबहिनिको स्वास्थमा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने, समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न स्वास्थ्य समस्याबाट बच्न सहयोेग पुग्ने विश्वास गरिन ।

यस अभियानबाट आगलागी न्यूनीकरण, वनविनाश रोकिने विश्वास लिएको बताउदै उनले आउने समय महिला शस्क्तिकरणको लागि सिलाई कटाई देखि विभिन्न कार्यक्रम ल्याउनेबारे पहल भईरहेको जनाइन् । कार्यक्रमको बिशिस्ट अतिथी भारतिय दूतावास बिरगंजका प्रमुख नितेश कुमारले कौडेना गाउँपालिकाको स्थानीयलाई ग्यास चुल्हो बितरन गर्न पाउँदा निकै हर्सित भएको बताए । उनले सर्लाहीको बिकासको लागि भारत सरकारले बिगतमा सहयोग गरेको र आउने दिनमा पनि सक्दो सहयोग गर्ने जनाए ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसको सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंहले मैत्री समाज र भारत सरकार मार्फत कौडेनाको प्रत्येक वडा र सर्लाहीको सम्पूर्ण गाउँपालिकामा यस्ता कार्यक्रम ल्याउन आग्रह गरे। भारत नेपाल बिच बेटि–रोटिको सम्बन्ध रहेको बताउदै उनले सर्लाही सडक ,शिक्षा स्वास्थ सुधारको लागि भारत सरकारसङग सहयोगको अपेक्षा रहेको बताए ।

कौडेना गाउँपालिकाको अध्यक्ष रुपेश यादबले यहाँका स्थानीय वर्षौदेखि खाना पकाउन दाउरा,काठको पात उपयोग गर्दै खाना र खाजा बनाउन बाध्य रहेकोले अव धुवाँ धुलोले गर्दा विभिन्न रोगबाट ग्रसित भई पीडित हुनबाट मुक्त हुने विश्वास व्यक्त गरे । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले महिलाको स्वास्थ्य रक्षाको लागि ,समय बचतको लागि साथै आ–आफ्नो जीवन रुपान्तरण गर्न ग्यास चुल्हो बितरण कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्