Logo

बारा–२ मा रमेश खरेलले जिते जनै खोलेर फ्याँकिदिने अर्का उम्मेदवार अरुण ज्ञवालीको घोषणा (भिडिओसहित)



काठमाडौं, ७ बैशाख । बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ का आजपाका उम्मेदवार अरुण ज्ञवालीले आफ्नो जित सुनिश्चत् भैसकेको दाबी गरेका छन् । उनले सो क्षेत्रमा रवि लामिछाने नेतृत्वको रास्वपाबाट उम्मेदवार रहेका रमेश खरेलले चुनाव जिते आफूले जनै खोलेर फ्यालिदिनेपनि घोषणा गरे ।

प्राइम टिभीको चुनावी बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले रमेश खरेलले सो क्षेत्रबाट चुनाव जिते आफूले जनै फुकालेर फालिदिने र कहिल्यैपनि जनै नलगाउने दाबी गरे ।

उनले आफूलाई कांग्रेस, एमालेलगायतको भोट आउने दाबी गरे । अहिले चुनाव हुनले चुनाव जित्ने नराम्रो परम्परा सुरु भएको उनको दाबी छ । उनले जसपाका अध्यक्ष उपेन्द्र यादवले २४ जिल्लाको मधेशलाई ८ जिल्ला बनाईदिएको भन्दै कडा आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot