Logo

मान्छे हिँडिरहेकै बेला भेरी नदीमाथिको बेलिब्रिज भाँचियो, ६ जना घाइते



काठमाडौं, ७ बैशाख । भेरी करिडोर अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीमाथिको बेलिब्रिज भाँचिएको छ।

मान्छेहरु हिँडिरहेकै बेला केहीबेर अगाडि बेलिब्रिज भाँचिएको प्रहरीले जनाएको छ।

जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा निर्माणाधिन बेलिब्रिज भाँचिदा ६ जना घाइते भएको जाजरकोट प्रहरीले रिपोर्टर्स नेपाललाई बताएको छ।

घाइतेहरुलाई उपचारका लागि दल्ली स्वास्थ्य शाखामा लगिदै रहेको जाजरकोट प्रहरीले जनाएको छ।

प्रहरी घटना स्थलमा पुगिरहेको र थप बिवरण आउन बाँकी रहेको छ।

photo source : facebook



प्रतिक्रिया दिनुहोस्