Logo

उपेन्द्रले मधेसको अधिकारका लागि क्याबिनेटमा मसँग धेरैपटक झगडा गर्नुभयो : सभापति देउवा



काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा-२ बाट प्रतिनिधिसभा उपनिर्वाचनका उम्मेद्‍वार उपेन्द्र यादव मधेसको अधिकारका लागि क्याबिनेटमा पनि आफूसँग पनि धेरैपटक झगडा गरेको बताएका छन्।

चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका सभापति देउवाले अध्यक्ष यादव मधेसको अधिकारका लागि क्याबिनेटमा पनि आफूसँग पनि धेरैपटक झगडा गरेको बताएका हुन्।

उनले भने, ‘मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौँ। उहाँ मधेसको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरैपटक झगडा गर्नुभयो, मधेसका लागि लड्नुभयो। उहाँ सच्चा मधेसकाप्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौं।’



प्रतिक्रिया दिनुहोस्

Screenshot