काठमाडौं, ७ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रह्यो भने प्रहरीलेक कपडासमेत फेर्न नपाउने बताएका छन्।
बिहीबार बाराको चुनावी सभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यही सरकार रह्यो भने प्रहरीलेक कपडासमेत फेर्न नपाउने बताएका हुन्।
‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं। अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन्। हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं। अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ। यसले रोक्छ,’ उनले भने।