Logo

राहुल गान्धीको पुनरावेदन खारेज



काठमाडौं, ७ बैशाख । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो।

अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाएका थिए। सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए। यद्यपि उनको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन।

अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्ने उनको दलका नेताहरूले बताएका छन्। दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot