Logo

देउवाको वचन जितनारायणलाई ‘जिताउने काम चितवनबासीको, मन्त्री बनाउने मेरो’



काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ बाट सत्तागठबन्धनको तर्फबाट उम्मेद्‍वार रहेका कांग्रेसका जीतनारायण श्रेष्ठलाई चितवबासीले जिताएर पठाए आफूले मन्त्री बनाउने वचन दिएका छन्।

बिहीबार चुनावी सभालाई सम्बोधनका लागि चितवन पुगेका सभापति देउवाले चितवबासीले जितनारायणलाई जिताएर पठाए आफूले मन्त्री बनाउने वचन दिएका हुन्।

‘जीतनारायण श्रेष्ठ टिकट दिएन भनेर मसँग जहिले रिसाउँथे। यसपाली टिकट दिइएको छ तर हार्न पाइन्न। जितेपछि म मन्त्री बनाउन प्रधानमन्त्री (प्रचण्ड) लाई सिफारिस गर्छु। जिताउने काम चितवनबासीको, अरु जिम्मेवारी हाम्रो,’ उनले भने।

कार्यक्रममा आएका समर्थहरुलाई घरदैलो गरेर भएपनि जीतनारायणलाई जिताउन आग्रह गर्दै सभापति देउवाले भने, ‘जीतनारायण मसँग रिसाएका थिए। अब हामी उनलाई मन्त्री बनाउँछौँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot