Logo

नेताहरू जनमुखी नहुँदा दलहरूप्रति नै वितृष्णा देखिएको छः यादव



काठमाडौं, ८ वैशाख । पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आफ्ना अपेक्षा पूरा हुन नसकेकाले जनतामा दलहरुप्रति व्यापक वितृष्णा देखिएको औंल्याएका छन् ।
‘नेपाली मतदाता निर्वाचनप्रति जहिल्यै उत्साहित र उत्सुक देखिन्छन् । तर उनीहरु दललाई उस्तै देखिरहेका छन् । जनतामा व्यापक वितृष्णा छ । आफ्ना अपेक्षा पूरा नभएकाले दलहरुसँग जनता रुष्ट हुनु एउटा पक्ष हो । तर मतदान ठूलो अधिकार हो भनेर उनीहरुले निर्वाचनमार्फत अभिमत दिन्छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै यादवले भने ।
जनताबीचको वितृष्णा बुझेर राजनीतिक दलहरु जिम्मेवार हुनुपर्ने उनले औंल्याए । यादवले भने, ‘लोकतन्त्रको विकल्प छैन । भनिन्छ नि, डेमोक्रेसी द वर्स्ट सिस्टम, बट देयर इज नो अल्टरनेटिभ । अब दलहरु र तिनका नेताहरु जनमुखी हुनुपर्छ । नेताहरुले आफ्नो तलब, भत्ता र सुविधा बढाउने तर जनतातिर फर्केर नहेर्ने कुरा उदेकलाग्दो हो ।’



प्रतिक्रिया दिनुहोस्