Logo

स्वर्णिम वाग्लेका बुवाले चढ्ने गाडी तोडफोड



काठमाडौं, वैशाख ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने ले गरेको कार तोडफोड भएको छ ।

दमौली बजारमा पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कार अज्ञात समूहले गएराति तोडफोड गरिएको हो । कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot