Logo

ओमानविरुद्ध नेपालको खराव सुरुवात



काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

पहिलो रन जोड्न निक्कै संघर्ष गरिरहेको नेपालले २८ बल खेल्दा पहिलो रन जोडेको थियो ।
नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका भीम सार्कीले नेपालका लागि पहिलो रन जोडे ।
खाता नखोली दुवै ओपनर गुमाएको नेपालका लागि भीमले ४।४ ओभरमा पहिलो रन जोडे ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४ ओभरको समाप्तीमा पनि कुनै रन जोड्न सकेको थिएन्। एक रन पनि नजोडी दुवै ओपनर गुमाएको नेपालका ओपनर कुशल भुर्तेल २।२ ओभरमा डक आउछ भए । उनी बिलाल खानको बलमा एलबीडब्लू आउट भए ।

यस्तै, आसिफ ३।४ ओभरमा कलिम उल्लाको बलमा बोल्ड भएका थिए ।
ताजा अवस्थामा नेपाल १७ । ५ ओभरको खेल सकिँदासम्म तीन  विकेट गुमाएर मात्र ५८ रन बनाएर खेलिरहेको छ ।
कप्तान रोहित कुमार पौडेल २३ रन बनाएर आउट भए भने क्रिजमा रहेका भीम सार्की ३१ रन बनाएर खेलिरहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्