काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा ओमानविरुद्ध खराब सुरुवात गरेको नेपालले एक सय रन परा गरेको छ ।
पहिलो रन जोड्न निक्कै संघर्ष गरिरहेको नेपाले २८ बल खेल्दा पहिलो रन जोडेको थियो ।
नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका भीम सार्कीले नेपालका लागि पहिलो रन जोडे ।
खाता नखोली दुवै ओपनर गुमाएको नेपालका लागि भीमले ४।४ ओभरमा पहिलो रन जोडे ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४ ओभरको समाप्तीमा पनि कुनै रन जोड्न सकेको थिएन्। एक रन पनि नजोडी दुवै ओपनर गुमाएको नेपालका ओपनर कुशल भुर्तेल २।२ ओभरमा डक आउछ भए । उनी बिलाल खानको बलमा एलबीडब्लू आउट भए ।
कप्तान रेहितकुमार पौडेल २३ र भीम सार्की ३३ रन बनाएर आउट भएपछि दवाबमा रहेको नेपालको पारी अहिले कुशल मल्ल र आरिफ शेखले सम्हालिरहेका छन् ।
ताजा अवस्थामा नेपाल २५ ओभरको खेल चलिरहँदा चार विकेटको क्षतिमा ११० रन बनाएर खेलिरहेको छ ।