Logo

ओमानविरुद्ध नेपालको ८औं विकेट पतन



काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा ओमानविरुद्ध निक्कै संघर्षशील नेपालले ८औं विकेट गुमाएको छ ।
पूर्व कप्तान सन्दीप लामिछाने १० बल खेल्दै ८ रनमा आउट भएका छन् ।
ताजा अवस्थामा नेपाल ४६ ओभरको खेल चलिरहँदा ८ विकेट गुमाएर २५४ रन बनाएर खेलिरहेको छ । नेपालको क्रिजलाई अहिले सोमपाल कामी र किरण केसीले सम्हालिरहेका छन् ।
ओमानको निक्कै दवदबा रहेको खेललाई लयमा फर्काउन निक्कै संघर्ष गरिरहेका कुशल मल्लले विष्फोटक शतक प्रहार गरेपछि अहिले नेपाल सम्मानजनक स्कोरतर्फ लम्किरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot