Logo

ओमानविरुद्ध सन्दीपले लिए तीन विकेट



काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिएका छन्।

नेपालले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको ओमानले चौथो विकेट गुमाएको छ। १४.१ ओभरमा सन्दीप लामिछानेको बलमा कश्यप प्रजापति आउट भए। उनले ३५ बलमा २५ रन बनाएका थिए।

सन्दीपले लिएको विकेट आजको उनको तेस्रो विकेट हो। सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो विकेट संख्या १ सय २ बनाएका छन्।

ताजा अवस्थामा ओमान १७ ओभरको खेल चलिरहदा चार विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot