Logo

कोरोना संक्रमणबाट आजपनि एक जनाको निधन, थपिए १०६ नयाँ संक्रमित



काठमाडौं, ८ बैशाख । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १०६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ । र, आज ४६ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।



प्रतिक्रिया दिनुहोस्