काठमाडौं, ९ बैशाख। लोसपाका शीर्ष नेता राजेन्द्र महतोले बारा २ मा भोलि हुने उपनिर्वाचनलाई लिएर आफूले जनमतका शिवचन्द्र कुशवाहालाई समर्थन गरेको भनेर गलत र भ्रमित समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाएका छन् । उनले आफूले कुशवाहालाई समर्थन गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको पनि स्पष्ट पारेका छन् ।
अहिले १० बजे राति विज्ञप्ती निकाल्दै महतोले आफ्नो समर्थन पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई नै रहेको स्पष्ट पारेका छन् । उनले निर्वाचनको मुखमा गलत समाचार सम्प्रेषण गर्नेलाई कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेसमेत जानकारी दिएका छन् ।
यस्तो छ महतोको विज्ञप्ती
मिति-२०८०-०१-०९ राती १०:०० बजे। केही अनलाइनमा मेरो समर्थन जनमतको कुशवाहालाई भनी गलत र भ्रमित समाचार सम्प्रेषण भएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ।यो समाचारमा कुनै सत्यता छैन। ………साथै, गलत समाचार बनाउने संचार माध्यमलाई कानुनी कार्वाहीको प्रक्रिया समेत अगाडि बढाउने जानकारी गराउँदछु।
राजेन्द्र महतो वरिष्ठ नेता, लोसपा नेपाल